PCL Nursing मा भर्ना खुल्यो:
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुर नर्सिङ्ग क्याम्पस जनकपुरधाम, नेपाल।
शैक्षिक सत्र २०७६|७७ को लागि यस क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम निमित्त तपसिलका सर्त र प्रक्रिया पुगेकाहरूलाई मिति २०७६।०४।१२ गतेभित्र पूर्णशुल्किय तर्फ आवेदन फाराम मर्न नेपाली नागरिकको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल :
१. फारम वितरण हुने मिति: राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा सूचना आएको मितिदेखि ।
२. कोसंको नाम: प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग
३. कोर्स अवधि: ३ (तीन) वर्ष
४. सिट संख्या : ४० (चालिस) जसमध्ये यस प्रकार विभाजन गरिएको छ।
(१) जेनरल-२३ (प्रदेश नं २ (दुई) का महिला छात्राहरूको लागि)
(२) छात्रवृत्ति सि.टि.ई.भि.टि.-३, मेरिट-१ = ४
(३) मधेशी शहीद परिवार महिला-२
(४) अस्पताल अन्तर्गत कार्यरत कर्मचारिहरूको परिवार महिला-१
(५) अ.न.मी.-१ (एक)
(६) महिला खुल्ला-३ (प्रदेश नं २ बाहेकका लागि)
(७) पुरूष छात्र जम्मा-६ (प्रदेश नं २ का पुरूषका लागि-५ र पुरूष खुल्ला अन्य प्रदेश-१)
५. शैक्षिक योग्यता :
क. अक्षरांकन पद्धति लागू हुनु पूर्वमा प्रवेशिका परीक्षाको हकमा (अनिवार्य अंग्रेजी, विज्ञान र गणित विषय लिई कम्तीमा ४५ प्रतिशत (द्वितीय श्रेणी) को अंक प्राप्त गरी उत्तीर्ण हुनुपर्नेछ।
ख. अक्षरांकन पद्धती लागू भएपश्चात अनिवार्य अंग्रेजी, विज्ञान र गणित विषयहरूमा न्यूनत्तम सि (C) ग्रेड प्राप्त गरी समग्र ग्रेड (GPA) न्यूनत्तम २ प्राप्त गरेको हुनुपर्नेछ।
६. आवश्यक न्यूनत्तम शैक्षिक योग्यता नपुगी ग्रेड वृद्धिका लागि एस.ई.ई को मौका परीक्षामा समावेश हुने छात्राहरूले मार्कीसट र प्रवेश पत्रको प्रमाणित प्रतिलिपिसहित प्रवेश परीक्षाको आवेदन फाराम भरी परीक्षामा सामेल हुन पाउनेछ । तर यसरी आवेदन फाराम भर्ने छात्राहरूको परीक्षाफल प्रकाशित भई बुँदा नं. ५ (ख) वमोजिमको योग्यता नपुग भएमा वा परिषदले भर्नाका लागि तोकेको अन्तिम मिति भित्र तोकिएको योग्यता पुगेको प्रमाणपत्र पेस गर्न नसकेमा निजको प्रवेश परीक्षा स्वत: रह हुने कबुलियतनामा गरी आवेदन फाराम भर्न सक्नेछन् ।
७. एस.एल.सि/एस.ई.ई. लाव्धांकपत्र, प्रमाणपत्र तथा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि।
८. कोटामा आवेदन भर्ने उम्मेदवार सोही अन्तर्गत जिल्लाको स्थाई बासिन्दा हुनुपर्नेछ।
९. अ.न.मि. कोटामा दरखास्त दिने उम्मेदवारले एस.एल.सि/एस.ई.ई को प्रमाण पत्रको साथै परिषद् वा त्रि.वि.वि. बाट अ.न.मि. मा कम्तीमा क्रमश ६८.३३ वा ६६.६७ प्रतिशतले पास गरेको हुनुपर्नेछ।
१०. नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
११. विदेशी प्रमाणपत्रको हकमा नेपाल सरकारले तोकेको निकाय द्वारा समकक्षत निर्धारण गरेको प्रमाणित प्रतिलिपि ।
१२. आवेदन फाराम मर्नको लागि स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपार्ट साइज (35MM X 45MM) २ प्रति रौंगन फोटो ।
१३. आवेदन तथा प्रवेश परीक्षा शुल्क रू.१,५००।- (एक हजार पाँच सय) मात्र तिर्नु पर्नेछ ।
१४. आवेदन फाराम प्राप्त गर्ने र दर्ता गर्ने स्थान: जनकपुर नर्सिङ्ग क्याम्पस, जनकपुरधाम ।
१५. प्रवेश परीक्षा हुने मिति: २०७६ श्रावण २२ गते बुधवार विहान ७:०० बजेदेखि ।
१६. परीक्षा केन्द्र पछि सि.टि.ई.भि.टि. द्वारा गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरिनेछ ।
१७. प्रवेश परीक्षा भइसकेपछि अनिवार्य रूपले प्रवेश पत्र सुरक्षित राख्नुपर्नेछ ।
१८. ज. अं. अस्पतालका कोटामा मर्ने छात्राहरूले मे.सु. तथा प्रिन्सिपलबाट प्रमाणित कागजात पेस गर्नुपर्नेछ ।
१९. “मधेशी शहिद परिवार महिला” कोटामा फारम मर्ने उम्मेदवारहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शहिद प्रमाणित कागजात पेस गर्नपर्नेछ ।
२०. पुरूष कोटामा मर्ने उम्मेदवार सम्वन्धित प्रदेशको स्थायी वासिन्दा हुनुपर्नेछ।
नोट: थप जानकारीको लागि :
जनकपुर नर्सिङ्ग क्याम्पस, जनकपुरधाम, फोन नं.: ०४१-५२५७२०८/५२०८१६
प्रिन्सिपल